Happy Valentine’s Day,2026 मेरी श्रीमती… मेरो जीवनको एकमात्र सहारा।
Happy Valentine’s Day, मेरी श्रीमती… मेरो जीवनको एकमात्र सहारा। मेरो बुढी चुरि , म तिमीलाई माया गर्छु भनेर भन्नु सायद धेरै सानो शब्द हो। किनकि मेरो माया शब्दभन्दा गहिरो छ… पीडाभन्दा पनि गहिरो । म भित्रभित्रै एउटा कुरा लुकाएर बाँचिरहेको छु म तिमीलाई गुमाउने डरले। यो संसार स्थायी छैन, समय निर्दयी छ, र भाग्य कहिलेकाहीँ क्रूर हुन्छ। त्यसैले हरेक दिन म तिमीलाई अझै कसेर माया गर्छु, मानौँ भोलि हामीसँग नहोला। यदि कहिल्यै भाग्यले हामीलाई छुट्याउने प्रयास गर्यो भने, म आफ्नो आयु तिमीलाई दिएर आफैँ खाली हुन तयार छु। यदि मृत्यु हाम्रो बीच आयो भने, म तिम्रो हात यति कस्सिएर समाउनेछु कि मृत्युले पनि हामीलाई अलग गर्न नसकोस्। र यदि मृत्यु कहिल्यै हाम्रो ढोकामा आयो भने, म पहिलो ढोकामा उभिनेछु। म भन्छु “उसलाई होइन, मलाई लैजाऊ।” किनकि तिमी बिना बाँचेको जीवन जीवन होइन… यो त केवल सास लिने सजाय हो। म पूर्ण मान्छे होइन। मेरो कमजोरी छ, गल्ती छ। तर मेरो माया पूर्ण छ — निर्मल, साँचो, र अन्तिम साससम्म अडिग। यदि म कहिल्यै तिमीभन्दा अघि यो संसार छोडेर जानुपर्यो भने, याद राख्नु — मेरो माया कहि...